पाकिस्तानले रुसी कच्चा तेलको खरिदमा गर्याे चिनियाँ मुद्रा युआन भुक्तानी

-



     सफल आवाज    
     जेठ ३१ गते २०८० मा प्रकाशित



काठमाडौं ३१ जेठ । पाकिस्तानले रुसी कच्चा तेलको खरिद गर्दा चिनियाँ मुद्रा युआन भुक्तानी गरेको छ । पाकिस्तानले सहुलियत दरको साे तेल पहिलो पटक जीटुजी अन्तर्गत चिनियाँ मुद्रा युआन प्रयोग गरेकाे रोयटर्सले बताएकाे छ । विश्भर अहिले अमेरिकी डलरको दवदवा रहेको बेलामा पाकिस्तानको याे नीतिलाइ निकै महत्पूवले हेरिएको छ ।

दुबैदेशबीच गएकाे अप्रिलमा भएको सम्झौता अनुसार रुसबाट सहुलियत दरको कच्चा तेलको पहिलो कार्गो कराँची आएकाे छ । पाकिस्तानी ट्रोलियम मन्त्री मुसादिक मलिकले तेलको भुक्तानी चिनियाँ मुद्रा युआनमा गरिएको जानकारी दिएका हुन् । 

पाकिस्तान र रुसबीच भएकाे सम्झौता अनुसार ४० हजार टन तेल पाकिस्तान आएकाे हो । चीनको विदेश मन्त्रालयले युआनमा कच्चा तेलको भुक्तानीकाे बाटाे खुला रहेको बताएकाे छ ।