
पोखरा, ३२ जेठ । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको सहयोगमा नेवाः मिस पुचः कास्कीले आयोजना गरेको तीन दिने एडभान्स बेकरी तालिम बिहिबार सकिएको छ ।
पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडास्थित नेपालकै पहिलो नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा संचालन गरिएको तालिममा नेवाः मिस पुचः कास्कीका १५ जना ४० वर्ष माथिका दिदिबहिनी सहभागि थिए । उनीहरुमध्ये हेम्जाका दुईजना युवती रहेका थिए ।
तालिम समापन समारोहलाई संवोधन गर्दै कलेजका संस्थापक संयोजक तथा अध्यक्ष अशोक पालिखेले महिला दिदिबहिनीहरुको लागि तालिमका लागि मात्र तालिम गरिएको नभई स्वाबलम्बि बन्नका लागि प्रयत्न गरिएको बताए । उनले भने, हामी स्वाबलम्बि बनौं, बन्नु पनि पर्छ । घरमा खाने कुराहरु आफैंले बनाउन सिकौं र बनाएर उपभोग गरौं । यसो गर्दा आर्गानिक, स्वस्थकर खान पाईन्छ र पैसाको पनि बचत हुन्छ । अथवा कोहि व्यवसायमा नै जाने भएपनि जान सजिलो होस् भनेर तालिम गरिएको उनले बताए । त्यसैले यसलाई हामीले स्वाबलम्बि तालिम भनेका छौं ।

पालिखेले भने, हामीले देख्यौं तीन दिनमा दिदिबहिनीहरुले मोफिन, कुकिज, केक, डोनट, ब्रेड, ब्राउनी, सुप बनाउनु भयो । पहिले बनाई रहेकाहरुले बनाएको भन्दा के कमि छ र, मलाई असाध्यै राम्रो लाग्यो । घरकै आँटा, पीठो, फापरको पीठोबाट बनाउन सक्यौ र जान्यौ भने पैसाको बचत त्यसै भयो नि। अब भविष्यमा थप तालिमको आवश्यक्ता पर्यो भने कलेजले त्यसको चाँजोपाँजो मिलाउने अध्यक्ष पालिखेले प्रतिवद्धता व्यक्त गरे ।
पहिले विद्यार्थीहरुले होटल म्यानेजमेन्ट पढ्न चाहेमा भारत वा अन्य बाहिरी देशमा लाखौं खर्च गरेर पढ्न जानु पर्ने थियो । हामीले सोहि पढाई पोखरामै किन नगर्ने ? भनेर केहि साथीभाई मिलेर आजभन्दा २५ वर्ष अगाडी खोलेका हौं । यो पर्यटकीय क्षेत्र हो । पर्यटनको प्रचुर संभावना पनि छ । यसका लागि हस्पिटालिटी जरुरी रहेको ठानेर कलेज खोलिएको हो । जो नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज बनेको छ । सबैको ध्यान पनि आकर्षित गरिरहेको छ, पालिखेले भने । यसलाइ हामी सबैले हेरचाह गर्नुपर्छ ।
अहिले हाम्रा विद्यार्थीहरु विदेशमा गएर राम्रो राम्रो ठाउँमा काम गरिरहेका छन् । कुनै, कसैलाई बेरोजगार बस्नु परेको छैन । लाग्छ यो ठीकै गरिएछ । त्यसैले म भन्छु यो पोखरेलीको सम्पती, नेपालको सम्पती हो । सबैले माया गरौं । अध्यक्ष पालिखेले कलेजका पहिलो व्याचका विद्यार्थी नै अहिले कलेजकै सहायक प्रिन्सिपल तथा कुशल प्रशिक्षक राज कुमार कार्कि रहनुले नै यसको महत्व दर्शाउँछ ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले ४० वर्ष पार गरेका दिदिबहिनीहरुसंगको तालिम फरक र विशेष बनेको बताए । कति लगनशिल, मेहनत गर्नुपर्छ र दृढ इच्छाशक्ति हुनुपर्छ भन्ने कुरा तालिमको बेलामा वा तालिम पछिको समिक्षा कार्यक्रमबाट प्रस्ट भएको बताए ।
प्रिन्सिपल रेग्मीले भने, २०१८ मा हामीले ५ दिने फरक किसिमको तालिम गरेका थियौं । घरबासका सेवा तथा गरिने आतिथ्यताका बारेमा टाढाबाट आएका दिदिबहिनीले गजबको परिपक्वता देखाएको स्मरण गरे । त्यो बेलामा मुस्ताङबाट आएकी एक ६८ वर्षिय दिदि, स्कुल नै नगएको मान्छे जस्ले पर्यटकलाई दिने आतिथ्यताका बारेमा बताउनु भएको सुनाए। अहिले ४० वर्ष माथिका दिदिबहिनीहरु सहभागि भएको, सिक्दै र सामग्री बनाउन सक्षम भएको देख्दा सन्तुष्टि मिलेको बताए ।
रेग्मीले ढुक्कले मोफिन, कुकिज, केक, डोनट, ब्रेड, ब्राउनी सुप लगायतका खाजाका परिकार बनाउन जानेको कुरा अब आफुमा मात्रै सिमित नराखि घरगाउँमा पनि अरुलाई यसतर्फ आकिर्षत गराउन दिदिबहिनी सक्षम भएकोमा खुसि व्यक्त गरे ।
कलेजलाई विश्वास गरेर आएकोमा वधाई दिदैं आगामी दिनमा पनि थप तालिमको आवश्यक्ता परेमा कलेज त्यसको व्यवश्थापनको लागि तयार रहेको र तालिमलाई अब्बल बनाउनका लागि असल सहजिकरण हुने प्रतिवद्धता व्यक्त गरे ।
प्रशिक्षकको तर्फबाट सेफ नाराण खड्काले विद्यार्थीहरुलाई सिकाउँदा र पाको उमेरका दिदिबहिनीहरुलाई सिप सिकाउदा केहि फरकपन देखिएको र आफुलाई पनि सिकाउन ज्यादै सजिलो भएको बताए । उनले भने, नयाँ विद्यार्थी आउँदा चूलोमा जान, आगो बाल्न वा केहि गर्दा अफ्ठेरो मान्छन् तर दिदिहरु त पोख्त हुनुहुँदो रहेछ । उनले भने, भान्छाको सबै काममा पोख्त भएपछि सिकाउन सजिलो भएको उनले अनुभव सुनाए ।
प्रशिक्षार्थीको तर्फबाट नेवाः मिस पुचः पृथ्वीचोकी अध्यक्ष लक्ष्मी मुल्मिले तालिम फलदायी भएको बताईन । हामीलाई पारिवारिक वातावरणमा सिकाउनु भयो निकै खुसि लागेको छ । अब हामी ढुक्कले बेकरीका आईटमहरु बनाउन सक्ने भएका छौं उनले भनिन् ।

सो अवसरमा प्रशिक्षक खड्कालाई अध्यक्ष पालिखेले फेटा लगाएर सम्मान व्यक्त गरे । नेवाः मिस पुचःका पदाधिकारीहरुले उनलाई सम्मानपत्र प्रदान गरे ।
यसअघि कार्यक्रमको कलेजका अध्यक्ष तथा नेवाः खलः कास्कीका समेत अध्यक्ष रहेका प्रमुख अतिथि पालिखेले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा संयोजक मीना प्रधानाङ्ग, नेवाः मिस पुचःका संस्थापक अध्यक्ष शान्ति उदास, वर्तमान अध्यक्ष संगीता बज्राचार्य लगायतले बोलेका थिए । उनीहरुले तालिम सोचेभन्दा राम्रो र सफल भएकाे बताए । उनीहरुले भविश्यमा पनि अझैं १५ दिनसम्मको तालिमको व्यवश्था गरिदिन अनुरोध गरे । कार्यक्रम संचालन पुचःकी महासचिव किरण बिजुक्छेले गरेकी थिईन ।












काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




