आईएमई लाइफको आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     असार १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ असार । आईएमई लाइफ इन्स्योरेन्सले आजदेखि सेयर (आईपीओ) खुलाएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलागि सेयर बिक्रीमा ल्याएकाे हो।

प्रतिसेयर श्ररु १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिसेयर २३६ रुपैयाँ ९१ पैसामा सेयर बिक्रीमा ल्याइएको इन्स्योरेन्सले जनाएकाे छ ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता बिक्रीमा ल्याउने अनुमति लिएकाे थियो। त्यसबाट १२ लाख कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि खुल्ला गरिएकाे हो।

लगानीकर्ताले असार १ गते आज शुक्रबारदेखि असार १५ गतेसम्म आवेदन दिन पाउनेछन्। यसका लागि घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता माग गर्न सकिनेछ ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताेकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ । साथै ‘मेरो सेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।