
काठमाडौं, २ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको टोलीले नवनियुक्त मूख्यसचिव डा. बैकुण्ठ अर्यालसँग भेटघाट गरेको छ । भेटमा महासंघकाे टाेलीले नवनियुक्त मूख्यसचिव अर्याललाइ बधाई ज्ञापन गर्दै सफल कार्यकालकाे सुभकामना दिएकाे थियाे ।
भेटघाटका क्रममा अध्यक्ष ढकालले सरकारले ल्याएको आर्थिक विधेयकका कतिपय बुदाहरु निजी क्षेत्रमैत्री नभएको भन्दै संशोधन हुनुपर्ने बताएका थिए । साथै अध्यक्ष ढकालले निजी क्षेत्रको मर्यादाक्रमका विषयमा समेत मूख्यसचिवसँग अनुरोध गरेका थिए ।
मूख्यसचिव अर्यालले निजी क्षेत्र उठाएका सकारात्मक विषयहरुकाे संवोधन हुने बताए । उनले मर्यादाक्रमका विषयमा गृह मन्त्रालयसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाए ।
उक्त भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा उपाध्यक्षहरु हेमराज ढकाल र सुरकृष्ण वैद्य, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ लगायतकाे सहभागी थियाे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




