आत्महत्या रिपोर्टिङ सम्बन्धी पत्रकार कार्यशाला गोष्ठी सम्पन्न

-



     आरजू विष्ट सल्यानी    
     असार ५ गते २०८० मा प्रकाशित



पोखरा, ५ असार । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा आत्महत्या रोकथामबारे एकदिने आत्महत्या रिपोर्टिङ सम्बन्धी पत्रकार कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना, विश्व स्वास्थ्य संठनको सहयोग तथा नेपाल पत्रकार महासंघ गण्डकीको व्यवस्थापनमा भएको गोष्ठीमा आत्महत्याका बारेमा लेखिने समाचारमा समावेस गरिने तथ्यहरु, बिस्तृतिकरण र बढाईचढाइले पिडित पक्ष तथा समाजमा पार्ने असरका बारेमा प्रस्तुति र समूहगत छलफल गरिएको छ ।

गोष्ठीका प्रमुख अतिथि गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिंखडाले आत्महत्यालाई रोक्न सबै तहतप्काबाट सहयोगको खाँचो औल्याईन । सरकारले पनि यसका लागि संवेशदनशिल भएर काम र पत्रकारिता क्षेत्र र सरोकार राख्ने सबैको तहबाट सकारात्मक तथा रचनात्मक सहयोगको अपेक्षा गरिन् ।

पछिल्लो समयमा आत्महत्याको रेट बढिरेहेका कुराहरु आईरहेकोले यो सोचनिय विषय बनेको र यसलाई रोकथामका लागि पत्रकारहरुले आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न गोष्ठिले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

आत्महत्याका बारेमा समाचार बनाउदा पिडित पक्षलाई थप पिडा महशुस हुनेगरि नभई आत्महत्याको संकेत नै नराखिकन सकारात्मक दृष्टिकोणबाट विवरणहरु प्रस्तुत गर्न सकिने उनको भनाई थियो ।

समाजमा विद्यमान असमानता, शिक्षा, परिवार, वैवाहिक सम्वन्ध, आर्थिक अवस्था लगायतका धेरै कुराहरु यसका कारक तत्वहरु भएकोले सुक्ष्म अध्ययनको खाँचो रहेको बताईन । मन्त्री सिंखडाले यसको रोकथामको लागि वडा तहबाट नै जागरण अभियान थाल्नुपर्ने बताईन ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोदबिन्दु शर्माले हाम्रो बोली र हामीले गर्ने व्यवहारलाई पहिले सुधार गर्नुपर्ने बताए । उनले भने, कसैको आत्महत्याको कारण हाम्रो पेचिलो बोलि बन्नु हुँदैन । उनले कोरोना कालमा पत्रकारहरुले खेलेको भूमिका उत्कृष्ट रहेको भन्दै आत्महत्याका बारेमा पनि सजग र सचेत भई सकारात्मक परिवर्तनका लागि लाग्नेमा आशावादी रहेको बताए । सो अवसरमा उनले गण्डकीका अस्पतालहरुमा अन्तरंग र बहिरंग सेवा सञ्चालन गरिने बताए ।

गोष्ठीमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डक्टर बासुदेव कार्कीले आत्महत्या मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको बताए ।

आत्महत्याका घटनाहरु मानसिक स्वास्थ्यका कारण बढी भईरहेका अध्ययनले देखाएको बताए । उनले ९५ प्रतिशत घटनाहरु मानसिक स्वास्थ्यको कारणले हुने गरेको तथ्यांक रहेको बताए ।

नेपाल पत्रकार महाङ्घ गण्डकीका अध्यक्ष नारायण शर्माले सम्वेदनिशल विषय भएकाेले यसकाे न्यूनिकरणका लागि पत्रकारजगत् सजग र सचेत हुनुपर्ने बताए । उनले गाेष्ठीले अबका दिनहरुमा केके कुरा समेट्ने तथा समाचार सम्प्रेसणका लागि फरक काेण र कथाका सकारात्मक उपाएहरु कसरी अवलम्वन गर्न सकिन्छ त्यसका लागि फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आत्महत्या रोकथामका लागि परामर्श लिनका लागि २४ सै घन्टा निःशुल्क टोल फ्रि, नम्बर ११६६ सञ्चालनमा रहेको जानकारी दिएका थियो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।