रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु

-



     सफल आवाज    
     असार ६ गते २०८० मा प्रकाशित



मस्को, ६ असार । रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् ।

कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ। “मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ- यो आतङ्कवादी हमला थिएन।

यद्यपि त्यहाँ कुनै हताहती भने भएन,” ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् । उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् । दुर्घटना बारे छानबिन भइरहेको छ ।