कुमुदिनी होम्सको खुल्ला गायन प्रतियोगितामा जुनियरतर्फ रवि र सिनियरतर्फ इरिन भए बिजेता

-



     सफल आवाज    
     असार ६ गते २०८० मा प्रकाशित



पोखरा, ६ असार । आज विश्वभर बिश्व संगीत दिवस मनाईएको छ । हरेक वर्ष जुन २१ तारिखमा मनाईने यो दिवशको अवसरमा संसारभर गीत संगीतसंग सम्बन्धीत कार्यक्रमहरु गरेर मनाईन्छ ।

विश्व संगीत दिवशको अवसरमा पोखरा महानगरपालिका ४ गैह्रापाटनको अग्रणी विद्यालय कुमुदिनी होम्सले कक्षा १ देखि कक्ष ५ सम्मका ३९ जना विद्यार्थी र कक्षा ६ देखि १० कक्षासम्मका ३३ जना गरेर कुल ७२ जना प्रतियोगिबीच खुल्ला गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा जुनियरतर्फ कक्षा ५ ए का रवि कोईराला प्रथम हुन सफल भएका छन् । यस्तै सिनियरतर्फ कक्षा १० बी की इरिन गुरुङ प्रथम हुन सफल भएकी छन् । दुबैले नगद रुपैयाँ दुई हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।

जुनियरतर्फ कक्षा २ ए की सुदिक्षा ढकाल दोश्रो, कक्षा ५ बी की ग्रेसी गुरुङ तेश्रो र कक्षा ४ सी की मिष्टि सुनार चौथो हुन सफल भएकी छन् । उनीहरुले नगद क्रमसः रुपैयाँ १ हजार ५ सय, १ हजार र ५ सय, ट्रफि र प्रमाणपत्र पाप्त गरे ।

सिनियरतर्फ कक्षा ८ सी की खुशी रुथ दोश्रो भएकी छन् । कक्षा ९ बी का जेशन श्रेष्ठ तेश्रो तथा कक्षा ८ बी का सक्षम छिनाल चौथो हुन सफल भएका छन् । उनीहरुले क्रमसः नगद रुपैया १ हजार ५ सय, १ हजार र ५ सय, ट्रफि र प्रमाण पत्र प्राप्त गरे । उनीहरुलाई संस्थापक मीना पालिखे, रश्मी पालिखे, भाईस प्रिन्सिपलहरु मन बहादुर भुजेल र मुकेश अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियाेगिताकाे निर्णायकमा दिलिप गायक, मिलन गुरुङ र प्रीया गुरुङ रहेका थिए । वाद्यवादनमा टाेप बहादुर के‍‍सी, विजय क्षेत्री, मनिष गायक र सुमन तामाङ रहेका थिए ।

विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि कार्यक्रम

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि संगीत दिवशको अवसरमा खुल्ला प्रतियोगितात्मक गीत गायनकाे कार्यक्रम आयोजना गरिएको बताए ।

उनीहरुलाई असल पढाईको साथसाथै असल संस्कार, संस्कृति र रुचिका अतिरिक्त कार्यक्रमहरु गर्दै आएका छौं । अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्य खेलकुद आर्ट, डान्सलगायतका विधाहरु रहेका छन् । तिनमा पनि विद्यार्थीहरुको सहभागिता उल्लेख्य हुन्छ । यो पटक संगीत दिवशको अवसरमा गायनको प्रतियोगिता गरेका हौं पालिखेले भने ।

संगीतलाई मन पराउदिन भन्ने सायदै कोहि पनि छैन । यसले सबैलाई जोड्ने र एकतामा ल्याउने काम गर्छ । विश्व परिवेशको रुपमा हेर्ने हो भने संसारभरका मानिसहरूलाई एकतामा रहन र संगीतको शक्तिलाई उत्सवको रुपमा मनाउने अवसर पनि हो । यसैलाई हामीले पनि आत्मसाथ गरेका हौं ।

मानवको दैनिक जीवनसंगै जोडिएको छ संगीत । यो एउटा मानविय जीवनको अभिन्न पाटो हो । यसले व्यक्तिको कला कौशाल तथा क्षमता प्रदर्शन गराउन सहयोग गर्छ । अर्को महत्वपूर्ण कुरा मानिसमा भएको तनावबाट मुक्त गराउछ । कसैको लागि प्रेरणादायी बन्छ । यसमा भएको भावनात्मक अभिव्यक्ति व्यक्ति व्यक्तिलाई जोड्ने शक्तिको रूपमा रहेको हुन्छ ।

विश्व संगीत दिवसको उत्पत्ति सन १९८२ मा भएको हो । फ्रान्सेली संस्कृति मन्त्री ज्याक लाङले संगीत दिवस वा फेटे डे ला म्युजिक “संगीतको उत्सव” मनाउने विचार प्रस्ताव गरेका थिए । उता जोएल कोहेनले ग्रीष्म संक्रांतिको शुरुआत मनाउन रातभर संगीत उत्सवको विचार प्रकट गरेपछि विश्व संगीत दिवस मनाउन थालएिको पाइन्छ ।

शुभकामना

१-यस विश्व संगीत दिवसमा, संगीत तपाइँको मार्गदर्शक, तपाइँको सान्त्वना र तपाइँको निरन्तर साथी बनोस् । संगीतको शक्ति अँगालोस् ।
२-मनमोहक धुन, मनमोहक लय र अनन्त प्रेरणाले भरिएको दिनमा विश्व संगीत दिवसको शुभकामना ।
३-जीवनको सिम्फोनी एक सुन्दर रचना बनोस्, तपाईले यसमा आफ्नै अद्वितीय आवाज भेट्टाउन सक्नुहुन्छ ।
४-विश्व संगीत दिवसमा, संगीतको सुमधुर क्षेत्रमा रमाइलो गरौं, जहाँ शान्तिको कुनै सीमा छैन । यसले घृणा टाढा हुन्छ । दुःखले कुनै ठाउँ पाउँदैन । सबैलाई रमाइलो र अविस्मरणीय उत्सवको रुपमा समाहित गर्छ । ५-तपाईलाई यस दिनको कामना छ कि प्रत्येक नोट र प्रत्येक बीटले तपाइँमा संगीतको जुनूनलाई प्रज्वलित गरोस् । तपाइँको आत्मालाई शुद्ध र आनन्दको अनुभूति होस् । विश्व संगीत दिवसको शुभकामना ।