पुन: २० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     असार ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ असार । बैंकिङ प्रणालीमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले पुन: रिभर्स रिपो जारी गर्ने भएको छ। बिहीबार रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले आइतबार फेरी रिपाे जारी गर्ने भएको हाे।

नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्न लागेको छ। केन्द्रीय बैकले हाल प्रणालीमा करिव ४० अर्ब रुपैँया अधिक तरलता रहेकाे जनाएकाे छ। तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक बर्षमा तेस्रो पटक  रिभर्स रिपो जारी गर्न लागेको बताइएकाे छ।

राष्ट्र बैंकले बिहीबार मात्रै १० अर्बको रिभर्स रिपोका लागि २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन परेको थियो। यसअघि चैत १० गते पनि ५ अर्बको रिभर्स रिपो जारी गरिएको थियो।

अघिल्लो पटक रिभर्स रिपोको औषत ब्याज दर ४.३२ प्रतिशत रहेको थियाे । बिहीबारको रिभर्स रिपोकाे ब्याज ३.०१ प्रतिशत कायम गरिएकाे छ ।