युएईका विदेशमन्त्री र बेलाइत विदेश राष्ट्रमण्डल प्रतिनिधिबीच भेटवार्ता

-



     सफल आवाज    
     असार ९ गते २०८० मा प्रकाशित



अबुधाबी, ९ असार । अबुधाबीमा भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोग र साझेदारीको समीक्षा भएको बताइएको छ । उनीहरूबीच आपसी हितका विभिन्न विषय, द्वन्द्वग्रस्त क्षेत्रमा नागरिकको सुरक्षा, उनीहरूलाई सहयोग र मानवीय प्रतिक्रिया प्रदान गर्ने बारे पनि छलफल भएकाे छ।

सो अवसरमा अन्तरराष्ट्रिय सङ्गठनको ढाँचामा संयुक्त सहयोगको समीक्षा, विकास र समृद्धिका लागि जनताको आकाङ्क्षा पूरा गर्नुका साथै विभिन्न क्षेत्र, विश्वको सुरक्षा, शान्ति र स्थिरता अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

शेख अब्दुल्लाह बिन जायद, लर्ड तारिक अहमद बीच युएई–युके सम्बन्धको गहिराइ, विभिन्न क्षेत्रमा दुई देशद्वारा प्राप्त विशिष्ट रणनीतिक साझेदारीमा जोड दिइएको बताइएको छ ।