असार २९ बाट हकप्रद शेयर निष्काशन गर्दै नेशनल हाइड्रोपावर

-



     सफल आवाज    
     असार ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ असार । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २९ गतेबाट हकप्रद शेयर बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले १:०.५ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने भएकाे हाे ।

नेशनल हाइड्रोले अहिले ८२ लाख २१ हजार ४६० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। १ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेकाे कंपनीले रू १०० दरकाे ८२ करोड २१ लाखको हकप्रद शेयर बिक्री गर्न लागेकाे बताएकाे छ। 

सेयरधनीले प्रति १० कित्ता बराबर ५ कित्ताका लागि आवेदन दिन सक्नेछन। हकप्रद शेयर बिक्रीपछि कंपनीकाे चुक्ता पुँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ। जेठ ३२ गतेसम्म कायम सेयरधनीले मात्रै नेशनल हाइड्रोपावर कम्पनीकाे हकप्रद किन्न पाउनेछन।