भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

-



     सफल आवाज    
     असार १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेकाे छ । ललिता निवास प्रकरणमा मुछिएका गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी पनि आरोपित भएका थिए। आज बिहान गुरुङलाई प्रहरीले उनकै आफ्नै निवास नक्सालबाट पक्राउ गरेको हो ।

ललितानिवास प्रकरणमा मुछिएका गुरुङका विरुद्ध २०७७ सालमा विशेष अदालतमा मुद्दा दायर गरिएकाे थियो । अदालतले साे प्रकरणमा २ करोड रुपैयाँ धरौटी मागेको थियो ।