
काठमाडौं, १३ असार । अप्पर स्याङ्गे हाईड्रोपावरले बिक्रीमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५०० कित्ता सेयर निष्काशन गरेकाे थियाे ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर बाँडफाँड गरेपछि सर्वसाधारणका सेयर निष्काशन गरेको थियाे ।
कम्पनीले ६ करोड ५० लाख रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे थियाे । ५ प्रतिशत सामूहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि रहेकाे छ । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसकाे लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २९ वर्ष ७ महिना बाँकी छ।
सेयर भर्न लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेराे सेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




