
विराटनगर, १३ असार । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मौद्रिक नीति खुकुलाे बनाउदै कर्जाकाे ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेकाे छ । महासंघ कोशी प्रदेशले राष्ट्र बैंकलाइ पत्र लेख्दै १ करोडभन्दा माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जाको जोखिम भारित सम्पत्ति गणनाको मापदण्ड घटाउन सुझाव दिएको छ।
राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिका लागि सुझावपत्र प्रेषित गर्दै कोशी प्रदेशले रिस्क कभरेज कोल्याटरकाे मापदण्ड घटाउन माग गरेकाे छ।
महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतद्वारा प्रेषित पत्रमा १ करोडभन्दा माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिका कर्जामा १५० प्रतिशत रिस्क कभरेज हुनपर्ने व्यवस्थालाई संशोधन गर्दै घटाउन सुझाव दिइएको छ। अध्यक्ष राउतले उक्त व्यवस्थालाई १०० प्रतिशतमा झार्नुपर्ने बताएका छन्।
राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति साउन पहिलो साता जारी गर्नेछ। केही समयदेखि तरलताको वृद्धि भइरहेपनि व्यापार भने घट्दाे अवस्थामा रहेको अध्यक्ष राउतले बताएका छन्। उनले यस्तो मन्दीकाे अवस्थामा पुँजी बजारको मागसम्बन्धी नीतिमा पुनरावलोकन गर्नुपर्ने आग्रह गरेका छन।

महासंघ कोशी प्रदेशले दिएकाे सुझावमा हालको तरलताको अवस्थालाई हेरेर घरनिर्माणमा रहेको १ करोड ५० लाखको सीमालाई ४ करोड निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ। साथै यस्तो कर्जालाई रियल स्टेट लोनमा गणना नगर्न भनिएकाे छ । अध्यक्ष राउतले नेपालमा आर्थिक मन्दी आउनुको मुख्य कारण चालुपुँजी कर्जा मार्गदर्शन हो भनेका छन्।
बैंकिङ क्षेत्रको कर्जालगानीलाइ राष्ट्र बैंकले संरक्षण गरिरहेको छ, ‘यही प्रकारले मौद्रिक नीतिमा ‘रिकभर एक्ट’को व्यवस्था गरेर निजी क्षेत्रलाई संरक्षण गर्न माग गरिएकाे छ। निजी क्षेत्रले कुनै किसिमको धितो नलिई उधारोमा विक्री–वितरण गर्नुपर्ने अवस्था रहेकाे र बजारबाट हुने ‘रिकभर’को अवस्था अत्यन्त दयनीय रहेकाे अध्यक्ष राउतले बताएका छन ।
साथै राउतले टीआर कर्जाको अवधि ९० दिने व्यवस्थालाई १२० दिन गरिनुपर्ने सुझाव दिएका छन। उनले कर्जालाई वर्षको १ पटक ७ दिनसम्म शून्यमा झार्नुपर्ने व्यवस्थालाई खारेज गर्न माग गरेका छन।
राउतले संस्थागत निक्षेपकर्ताले मुद्दतीमा राखेको निक्षेपको अधिकतम ब्याजदर आधारदर भन्दा २% कम हुनुपर्ने भनेका छन।
सुझाबपत्रमा रूग्ण वा बन्द अवस्थामा रहेका निर्यातमूलक तथा बढी रोजगारी दिने उद्योगको कर्जामा लाग्ने ब्याजलाई निःशर्त पुनर्तालिकिकरण गरेर उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरिएको छ। यसबाट निर्यात बढ्नुका साथै रोजगारीको अवसर पनि सृजना हुने ब्यबसायीहरूकाे बिश्वास छ।
बजेटले लिएको आर्थिक वृद्धिदरमा ६ प्रतिशतको लक्ष्य पूरा गर्न र बजार चलायमान बनाउन खुकुलो मौद्रिक नीति अख्तियार गर्नुपर्ने बताइएको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




