अरुण काबेली पावरले पायाे हकप्रद सेयर निष्काशनकाे अनुमति

-



     सफल आवाज    
     असार १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ असार । अरुण काबेली पावर लिमिटेडले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशनकाे अनुमति पाएकाे छ । सेबाेनले अरुण काबेली पावरलाई हाल कायम रहेकाे पूँजीकाे १ः१ को रेसियाेमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको कम्पनीले जनाएकाे छ ।

बाेर्डले दिएकाे अनुमति अनुसार अब कम्पनीले सेयरधनीहरुका लागि १ः१ को रेसियाेमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरिनेछ ।

अहिले कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको जनाइएकाे । १ः१ को रेसियाेमा शत प्रतिशत हकप्रद सेयर जारि गरेपछि चुक्ता पूँजी रुपैयाँ ३ अर्ब ७१ करोड पुग्नेछ ।

अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ भएर बग्ने काबेली नदीमा २५ मेगावाटक्षमताकाे काबेली बि १ जलविद्युत आयोजना सञ्चालन गरिरहेकाे छ । यसले २०७६ कार्तिक २३ गतेबाट व्यावसायिक उत्पादन गरिरहेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।