
पोखरा, १६ असार । लायन्स अन्तराष्ट्रीय ‘डिस्ट्रिक्ट ३२५ के’ नेपालले आज पाेखरामा बृहत बृक्षराेपण कार्यक्रम सम्पन्न् गरेकाे छ । लायनबर्ष २०२३-२०२४ शुरूवातकाे पहिलाे दिनमा बातावरण तथा पर्यावरण संरक्षणमा सहयाेग पुर्याउने उदेश्यका साथ कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेकाे प्रमुख आतिथ्यतामा याे बृहत बृक्षराेपण कार्यक्रम गरिएकाे डिस्ट्रिक्ट ३२५ के’ नेपालका डिष्ट्रीक गर्भनर लायन सुचित्रा थापाले जानकारी दिइन।
बृहत बृक्षराेपण कार्यक्रम अन्तर्गत आज पाेखरा क्षेत्रका २६ वटा लायन्स क्लबका २०० भन्दा बढि लायन्स सदस्यहरूकाे सहभागितामा छिनेडाडा स्थित पशु प्रजनन कार्यालय परिसरमा अम्बा, लिची,आँप, कागती, सुन्तला, एभाेकाडाे लगायत बिभिन्न जातका ८०० भन्दा बढी बिभिन्न फलफूलका बिरूवा राेपिएकाे डिष्ट्रीक्टका बृहत बृक्षराेपण कार्यक्रमका संयाेजक लायन किशाेर सुबेदीले बताएका छन । साथै उनले राेपिएका बिरूवा संरक्षणमा बिशेष ध्यान दिने प्रतिबद्दता समेत जनाएका थिए ।

लायन्स डिष्ट्रीक ३२५ के नेपालका डिष्ट्रीक गर्भनर लायन सुचित्रा थापाको सभापतित्वमा सम्पन्न बृहत बृक्षराेपण कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे, बिशेष अतिथि निवर्तमान डिष्ट्रीक्ट गर्भनर लायन राजेन्द्रकुमार बाटाजु, पशु प्रजनन कार्यालय पाेखराका प्रमुख डा. जगदिश पाण्डेय, डिष्ट्रीक्टका सेकेण्ड भिडिजी लायन दुर्गाप्रसाद हुमागाई लगायतका बक्ताले डिस्ट्रिक्ट ३२५ के अन्तर्गतका क्लबहरूले बृहत बृक्षराेपण कार्यक्रम गरेर पर्यावरण संरक्षणमा याेगदान गरेकाेमा प्रशंसा गर्दै राेपिएका बिरूवाकाे संरक्षण गर्नु पर्नेमा जाेड दिएका थिए। उक्त कार्यक्रमको संचालन चिफ एअाेजी लायन बसन्त गिरिले गरेका थिए ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




