पहिरो हटाएर संचालन भएको केही घण्टा मै नारायणगढ-मुग्लिन सडक पुन:अवरुद्ध

-



     सफल आवाज    
     असार १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ असार। नारायणगढ-मुग्लिन सडक पुन अवरूद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पनि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

अहिले पहिरो पन्छाउन तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा विद्युतको तार समेत रहेकोले सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिएका छन।

पहिरो हटाउने उपकरणहरू तयारी अवस्था रहेको बताइएकाे छ।सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हँदै आएको थियाे।