
इस्लामावाद, पाकिस्तान, १८ असार । आगामी आम निर्वाचनमा सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले व्यक्त गरेका छन् ।
पाकिस्तानी समाचार च्यानल जओ न्यूजका अनुसार नवाजले दुबईमा विभिन्न खाडी मुलुकका पीएमएल–एन प्रतिनिधिमण्डलसँग कुरा गर्दै उक्त टिप्पणी गरे। नवाजले सत्तारुढ दल पीएमएल–एनले जनताले भोगिरहेका सबै समस्या र अप्ठ्याराको समाधान गर्ने बताए।
स्वास्थ्यको कारण देखाउँदै नोभेम्बर २०१९ देखि लण्डनमा बस्दै आएका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियम नवाज जुन २४ मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेा थिए। उनीहरूले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का शीर्ष नेता आसिफ अली जरदारी र बिलावल भुट्टो–जरदारीलगायत महत्वपूर्ण पाकिस्तानी नेतासँग आगामी निर्वाचन र पाकिस्तानी समस्याबारे छलफल गरे ।
यसै साताको सुरुमा नवाजले जरदारीसँग दुबईको शेख जायद रोडमा रहेको एक होटलमा भेट गरेका थिए। स्रोतहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेसनल पत्रिकाले लेखेको छ, “विधानसभा विघटन, आम निर्वाचनको मिति, पञ्जाबमा सीट समायोजन र अन्य महत्वपूर्ण मुद्दाहरूमा दुई प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




