
काठमाडौं, १९ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइओसीलाइ तिर्नु पर्ने बाँकी बक्यौता रकम चुक्ता गरेर एक महिनामा ३ अर्ब रुपैयाँ नाफा हुने गरी भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हाे। निगमका अनुसार काठमाडौं‚ पोखरा र दीपायलका लागि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ घटाएको छ ।
तराईको लागि निगमले प्रतिलिटर ७ रुपैयाँ ५० पैसा घटाएको छ । सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँले घटाइएको निगमले जानकारी गराएकाे छ । निगमका अनुसार सडक दुरीको आधार मानेर पहिलो वर्ग दोस्रो वर्ग र तेस्रो वर्गमा जिल्लाहरुलाइ छुट्याएर बिक्री मूल्य ताेकिएकाे हाे ।
निगमकाे सञ्चालक समितिको बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेको हो । तराईका चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी पहिलो वर्गमा रहेका छन् ।सुर्खेत र दाङ दोस्रो वर्गमा रहेका छन् । काठमाडौं‚ पोखरा र दीपायल तेस्रो वर्गमा परेका छन् ।
काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोल अब प्रतिलिटर १७० रुपैयाँमा खरिद गर्न पाइनेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ समान रहेकाे छ । तराईमा पेट्रोल प्रतिलिटर १६७.५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान १४७.५ रुपैयाँ रहेकाे छ । सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँमा पाइनेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर समान १४९ रहेकाे छ । हालका लागि खाना पकाउने एलपी ग्यासको मूल्य नबढेकाे निगमले जनाएकाे छ ।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएकाे छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटेर १ सय ३६ रुपैयाँ कायम भएकाे छ । वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएर १.०३५ डलर पुगेको निगमले जनाएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




