ब्राजिलमा भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ

-



     सफल आवाज    
     असार २४ गते २०८० मा प्रकाशित



ब्राजिल, २४ असार । उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो । दमकल विभागले स्थानीय प्रेसलाई भन्यो कि शुक्रबार सात जना मृत फेला परेका थिए । अस्पतालमा एक जनाको मृत्यु भएको थियो भने उद्धार टोलीले शनिबार थप तीन शव फेला पारेको थियो।