
बर्लिन, २६ असार । एक जर्मन सांसदले संयुक्त राज्य अमेरिकाको पूर्ण नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को एसिया–प्रशान्त क्षेत्रमा हुन लागेको विस्तारलाई ‘घातक’ भनेकी छन् ।
जापानमा नाटोको सम्पर्क कार्यालय खोल्ने योजनाप्रति टिप्पणी गर्दै जर्मनीको तल्लो सदनकी सदस्य सेभिम डग्डेलेनले अमेरिकी नेतृत्वमा नेटोले विश्वव्यापी प्रभुत्व जमाउन खोजेको बताइन् । उनले नेटोलाई अमेरिकी सुरक्षा र सैन्य नीतिको प्रमुख औजारको संज्ञा दिइन् ।
लिथुआनियाको भिल्नियसमा आजदेखि शुरु नेटो शिखर सम्मेलनले युक्रेनलाई गठबन्धन नजिक ल्याउनेछ महासचिव जेन्स स्टोल्टेनबर्गले शिखर सम्मेलन अघि भनेका थिए । नेटोले आफ्नो हितलाई अझ राम्रोसँग जोड्न युरोपेली सङ्घसँग भएको घनिष्ठ सैन्य र सुरक्षा एकीकरणलाई प्रवर्द्धन गर्न एसियाका सहयोगीहरूमा बढी ध्यान दिने सांसद डग्डेलेनले बताइन् ।
एसिया–प्रशान्त क्षेत्रलाई आफ्नो प्रभावको क्षेत्रमा समावेश गर्ने नेटोको चाहना घातक विस्तार नीतिको हिस्सा भएको उनले थपिन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




