
काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज निधन भएको छ ।
दाहालकाे आज बिहान साडे ८ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालका अनुसार उनकाे निधन हुनुकाे कारण ‘कार्डियक अरेष्ट’ उल्लेख गरेकाे छ ।
दाहाल लामो समयदेखि पीएसपी रोगबाट ग्रस्त थिइन् । याे राेग स्नायु प्रणालीसम्बन्धीत थियाे । रोगले थलिएपछि उनी हिँड्नसक्ने अवश्थामा थिइनन् ।
उनकाे पार्थिव शरीरमा श्रध्दाञ्जली दिनका लागि पूर्वान्ह ११ वजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएकाे छ । दिउँसाे २ बजे पशुपति आर्याघाटमा दाह संस्कार गरिने भएकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




