
Businessman presses button ipo Initial Public Offering diagram online network
काठमाडौं, २७ असार । हाथवे इन्भेष्टमेन्टले सेयर (आइपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले साउन ४ गतेदेखि विदेशमा राेजगार गरिरहेका नेपालीका लागि सेयर निष्काशन गर्ने भएको हाे ।
यसमा जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खुलाइने भएकाे हाे ।
कम्पनीका अनुसार प्रतिकित्ता ५० रुपैयाँ अंकित दरमा २९ लाख २५ हजार कित्ता निष्काशन सेयर निष्कासन गर्ने अनुमति लिइएकाे थियो । पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन हुँदैछ ।
कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि बिक्रीमा ल्याउने भएकाे छ । ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ ।
सर्वसाधारण लगानीकर्ताले १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले घटीमा २० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयर भर्ने मिति साउन १८ गतेसम्म रहेकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




