
काठमाडौं, २७ असार । लायन्स क्लब्स अन्तराष्ट्रियकाे “अन्तराष्ट्रिय निर्देशक” पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् । अमेरिकाको बोस्टन सहरमा हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उनी अन्तराष्ट्रिय निर्देशकमा निर्वाचित भएका हुन्। त्यस्तै अन्तराष्ट्रिय प्रेसिडेण्टमा डा पेटी हिल चयन भएकि छिन ।
अन्तराष्ट्रिय निर्देशकका रुपमा बुर्लाकोटिले सन् २०२५ को जुनसम्म नेतृत्व गर्नेछन्। बिश्वभरबाट बुर्लाकोटी सहित ३५ जना निर्देशकहरु बोर्डमा हुनेछन्। २००८ मा लायन्स क्लब अफ काठमाडौं गोङगबुको संस्थापक अध्यक्षका रुपमा लायनवाद प्रवेश गरेका बुर्लाकोटि २०१६ मा ३२५ बि १ नेपालको गभर्नर भएका थिए । उनी २०१७ मा ‘लायन्स मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्व मल्टिपल काउन्सिल ‘चियरपर्सन’समेत भएका थिए ।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय उनले आफ्नो गभर्नरकाे नेतृत्व समयमा १०० वटा नया क्लब खाेलेर नयाँ ‘रेकर्ड’ बनाउन सफल भएका थिए। लायन बुर्लाकोटीले लायन्सको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एकसय क्लब खोलेर विश्व रेकर्ड बनाएका हुन। दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘ १०० भन्दा बढी एमजेएफ कन्ट्रिव्युसन’ गराउन सफल भएका थिए ।
नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरराष्ट्रिय निर्देशक पदमा विजयी भएको उनले जानकारी दिए। क्लबको अन्तरराष्ट्रिय निर्देशक पदका विजयी भएपछि उनले सफलआवाज अनलाइन सङ्ग भने, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर रहनेछ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउनेछु ।”
लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे। साथै लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तरराष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उनले जानकारी दिएका छन् ।
विश्वका २ सय १० देशमा फैलिएकाे परोपकारी सामाजिक संस्था लायन्स क्लब समाजसेवामा अग्रणी संस्था मानिन्छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




