
काठमाडौं, २९ असार । कुथेली बुखरी स्मल हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार २६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारि गरेकाे हाे ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर खुलाएकाे थियाे ।
कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर सर्वसाधारण नागरिकका लागि छुट्याएको थियो। १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको १२ हजार १८६ कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे थियाे ।
यस्तै ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड भइसकेकाे छ । यसमा २ हजार ४३७ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी रहेकाे १ लाख १ हजार १५१ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।इच्छुक सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार कित्ता सेयर भर्न सक्नेछन्।
कम्पनीले ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ ।
लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




