
काठमाडौं, ३१ असार । सिटिजन लाइफ इन्स्योरेन्सले आजबाट प्रिमियममा सेयर (आईपीओ) खुल्ला गरेकाे छ । इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर २४४ रुपैयाँमा सेयर निष्काशन गरेकाे हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारि गर्ने अनुमति लिएकाे थियो।
यसमा ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । बाँकी रहने १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।
इन्स्योरेन्सका अनुसार ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि खुलाइएकाे हाे । सेयर लगानीकर्ताले साउन १४ गतेसम्म आवेदन दिन पाउनेछन्। यसका लागि घटीमा १० र बढीमा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




