१० अर्ब लगानीमा बन्ने ४२ मेगावाटको ‘अपर मोदी ए’ जलविद्युत आयोजनाले गर्याे ठेक्का आह्‍वान

-



     सफल आवाज    
     असार ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ असार। ४२ मेगावाटको अपर मोदी-ए जलविद्युत आयोजनाले ठेक्का आह्‍वान गरेकाे छ। मोदी जलविद्युत कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका लागि ठेक्का आह्‍वान गरेकाे हो। भदौ २८ गतेसम्म इच्छुक कम्पनीले आवेदन दिन सक्ने आयोजनाले बताएको छ। आयोजना निर्माणकाे ठेक्का इपीसी मोडलमा निकालिएको छ।

प्रस्तावित आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । कम्पनीका अनुसार निर्माण थालेको ४ वर्षमा व्यवसायिक याे प्राेजेक्टबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।

आयोजनाका लागि करिब १० अर्ब लाग्ने अनुमान छ। याे आयोजनामा एनएमबी बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले लगानी गर्ने बताइएकाे छ।

सिभिल संरचनाको ठेक्का लाग्ने वित्तिकै प्रसारणलाइनको समेत ठेक्का निकाल्ने तयारीमा आयोजना छ। आयोजनाका लागि ६ किमी सुरुङमार्ग निर्माण गर्नुपर्छ। जसमा दुईवटा अडिट टनेलहरु रहनेछन्।

सतही प्रकृतिको पावर हाउस हुनेछ। ‍आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माण भइसकेको छ भने हेडवर्क्ससम्म पुग्नका लागि साढे चार किमी सडक निर्माण गर्नुपर्नेछ। गत वर्ष नै आयोजना निर्माणका लागि ठेक्का निकालेको कम्पनीले प्राविधिक समस्या भएको भन्दै ठेक्का रद्द गरेकाे थियाे ।