यस्ताे छ वाणिज्य बैंकहरूकाे निक्षेपकाे नँया ब्याजदर

-



     सफल आवाज    
     असार ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ असार। वाणिज्य बैंकहरूकाे नयाँ ब्याजदर निर्धारणका बिषयमा नेपाल बैंकर्स संघले हालैमात्र भद्र सहमति हटाएपछि बैंकहरूले आ- आफनै किसिमले निक्षेपको ब्याजदर कायम गरेका छन। यसअघि बैंकहरूले भद्र सहमतिको नाममा एउटै ब्याजदर प्रकाशित गर्दै आएका थिए ।

असारसम्म सबै वाणिज्य बैंकले समान ब्याजदर कायम गरेपनि भद्र सहमति तोडिएपछि भाेलि साउन १ गतेबाट लागुहुने गरी केही बैंकले ब्याजदर बढाएका छन् भने केही बैंकले घटाएकाे ब्याजदर प्रकाशित गरेका छन ।

बैकहरूकाे भद्र सहमति हटेपछि एनएमबी बैक, एनआईसी एसिया बैक, प्राइम कमर्सियल बैक र नबिल बैंकले ब्याजदर बढाएका छन् । अवधिअनुसार मुद्दती निक्षेपको ब्याजदर फरक फरक निर्धारण गरेकाे बैकरहरूले बताएका छन् ।

एनएमबी बैंकले सबैभन्दा बढि १० वर्ष माथिको मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर दिने घाेषणा गरेकाे छ । सबैभन्दा बढि ब्याज दिने भनिएकाे एनएमबी बैंकका प्रमुख नै नेपाल बैकर्स संघका अहिलेका अध्यक्ष हुन । उता एनआईसी एसिया बैकले १०.९३६ प्रतिशत ब्याजदर दिनेछ।

प्राइम कमर्सियल बैंकले सबै अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिएकाे छ। नबिल बैंकले पनि २ वर्षभन्दा माथिको निक्षेपमा १०. ४९ प्रतिशत ब्याज दिने भन्दै ब्याजदर प्रकाशित गरेको छ।

लक्ष्मी सनराइज, नेपाल एसबीआई, हिमालयन बैक, कुमारी, ग्लोबल आईएमई, र सिटिजन्स बैंक इन्टरनेशनलले यसअघिको ९ दशमलव ९९ प्रतिशत ब्याजलाई नै निरन्तरता दिएका छन। यिमध्ये ग्लोबल आईएमई, नेपाल एसविआई हिमालयन बैंकले भने छोटो अवधिको मुद्धति निक्षेपको ब्याजदर केहि घटाएका छन् ।

सबैभन्दा धेरै ब्याज घटाउनेमा स्टायन्डर्ड चार्टर्ड बैंक रहेकाे छ। जसले ब्याजदर १० प्रतिशतले नै घटाएर ८ दशमलव ९५ प्रतिशत कायम गरेको बताएकाे छ ।