सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशत सम्म छुट पाउने

-



     सफल आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु सँग समन्वय गरी विशेष छुटकाे सम्झौता गरेको छ । याे सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले त्यस्ता संस्थाहरुकाे सेवामा विभिन्न छुट प्राप्त गर्न सक्नेछन ।

बैंकका ग्राहकहरुले तिनकुने, काठमाडौंमा अवस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट पाउने छन । यसैगरी भैसेपाटी, ललितपुरमा अवस्थित अर्बन स्माइल डेन्टल क्यर प्रा.लि. का सेवाहरुमा अधिकतम २५ प्रतिशत सम्म छुट पाउनेछन । साथै न्युरोड, काठमाडौंमा अवस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरुमा पनि अधिकतम २५ प्रतिशत सम्म छुट पाउने बैकका प्रवक्ता नारायणराज अधिकारीले बताएका छन।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएकाे छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएकाे छ ।