
काठमाडाैं, ४ साउन। सूर्योदय वोमी लघुवित्तकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त नियुक्त भएकाे छ।
लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा ४६,७२९.५४५ कित्ता शेयर अर्थात रु.४६,७२,९५४.५० (अक्षरुपी छयालीस लाख बहत्तर हजार नौ सय चौवन्न रुपैयाँ र पैसा पचास) बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको बताएकाे छ।
सम्झौतापत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पूँजी रु. १,००,००,००,००० छ । जारीपूँजी रु. ९१,५४,५५,४६ र चुक्ता पूँजी रु. ९१,०७,८२,५०८.५० रहेको छ ।
उक्त वित्तिय संस्थाले हाल १,७१,००० भन्दा बढी सदस्यहरुलाई १९२ वटा शाखा कार्यलयहरुबाट आफ्नो सेवा प्रदान गरिरहेको बताएकाे छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




