
काठमाडौं, ५ साउन । लक्ष्मी मार्केट लिमिटेडले आजदेखि नयाँ म्युचुल फण्ड निष्काशन गरेकाे छ। क्यापिटलले लक्ष्मी भ्यालु फण्ड २ नामक फण्ड निष्काशन गरेकाे हाे । यस याेजनाकाे अवधि १० वर्षकाे रहेकाे छ ।
याे बन्दमुखी योजना हाे । ‘लक्ष्मी भ्यालु फन्ड–२’ अन्तर्गत कुल ८ करोड इकाई निष्काशन गरिएकाे छ । यसबाट १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोषकाे प्रवर्द्धक रहेकाे लक्ष्मी बैंकका लागि छुट्याइएकाे छ ।
क्यापिटलका अनुसार ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले घटीमा १०० तथा बढीमा ८० लाख इकाईसम्म माग गर्न सक्नेछन् । प्रतिइकाई मूल्य रुपैयाँ १० रहेकाे छ भने लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
ताेकिएकाे मितिसम्म मागअनुसारकाे इकाईका लागि आवेदन नपरेमा साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले ‘लक्ष्मी भ्यालु फन्ड–२’ मा आवेदन दिनका लागि सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




