यी ११ कम्पनीलाई धितोपत्र बोर्डले दियो ब्रोकर लाइसेन्स

-



     सफल आवाज    
     श्रावण ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ साउन। नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ। बोर्डको साउन ४ गतेको निर्णयानुसार ती कम्पनीलाई लाइसेन्स दिएको हो । योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या १८ पुगेको छ।

बोर्डकाअनुसार लाइसेन्स पाउनेमा मिल्की वे, क्यापिटल हब, पाही इन्भेष्टमेन्ट, आकाश भैरव, एसपीएसए, एनएमबी, सानिमा, स्टकक्स्कार्टस, इन्दिरा, ब्लु चिप र गरिमा सेक्युरिटिज छन्।

योसँगै सेयर कारोबारका लागि लाइसेन्स पाउने कम्पनीको संख्या ८० पुगेको छ। जेठमा लाइसेन्स पाएका १८ कंपनीमध्ये ७ वटाले साउन १ देखि कारोबार सुरु गरिसकेका छन्।