वार्षिक प्रतिवेदन उत्कृष्ट भए बापत मुक्तिनाथ विकास बैंकले पायाे आईक्यानबाट अवार्ड

-



     सफल आवाज    
     श्रावण ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ साउन। मुक्तिनाथ विकास बैंकको वार्षिक प्रतिवेदन वित्तीय क्षेत्रतर्फ उत्कृष्ट भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्रदान गरेको हो।

आईक्यानबाट मुक्तिनाथ विकास बैंक लगातार चौथोपटक पुरस्कृत भएको हो। एक समाराेह बिच अर्थमन्त्री डा‍. प्रकाशशरण महतले बैकलाइ साे अवार्ड प्रदान गरेका थिए।

बैंकले हाल सम्पुर्ण अाधुनिक बित्तीय सेवा सहित डिजिटल कारोबारलाई प्रोत्साहन गर्न आफ्नो एटीएम प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको समेत बताएकाे छ।