
पोखरा,९ साउन। नेपालका १० वटा जुत्ता कंपनीबाट उत्पादित जुत्ता चप्पल सहुलियत मूल्यमा बिक्री गर्ने उदेश्यले उद्योगीहरूले पोखरामा स्ठापना गरेकाे ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’मा आज पाेखरा महानगरपालिकाले ताला लगाएकाे छ। मेयर धनराज आचार्यको मौखिक आदेश भन्दै नगर प्रहरीहरूले बिना सूचना शाेरूम प्रबेश गरेर ग्राहक तथा कर्मचारीलाइ हर्कत गर्दै शाेरूम बन्द गराएकाे व्यवसायीहरूले बताएका छन ।
नयाँ ब्यवसायीलाइ प्राेत्साहन गर्नुकाे साटाे केही ब्यक्ति र समूहले दिएकाे गलत सूचनाकाे भरमा बास्तविकता नबुझी शाेरूम बन्द गराएकाेमा लगानीकर्ताहरू आक्राेशित बनेका छन।
१ करोडभन्दा बढी लगानी गरेर संचालनमा ल्याइएकाे याे शाेरूम संचालन गर्न सहयाेग गर्नुपर्नेमा एक्कासी शाेरूम नै बन्द गराउन खाेज्नु पाेखरा महानगरपालिकाकाे गैरजिम्मेवार निर्णय भएकाे संचालक रूद्र न्याैपानेले सफल आवाजलाई बताए । महागरले उधाेगी व्यवसायीलाई निरूत्साहित गर्न लागेकाे न्याैपानेकाे आराेप छ।
गत शुक्रबारबाट सुरु भएको उक्त फुटवयेर सेन्टरलाई पोखरा महानगरपालिकाले ५ दिनमै बन्द गराएकाे भन्दै अहिले सर्वत्र बिराेध भइरहेकाे समेत उनले बताएका छन ।
पोखरा महानगरपालिकामा पोखरा फुटवयेर बिजनेस सेन्टरकाे दर्ता गर्न असार तेस्राे सातादेखि ताकेता गरिरहेको व्यवसायीहरु बताउँछन् । असारमा जाँदा साउनमा आउन भनियो । साउन २ गते जाँदा सिस्टम चलेकाे छैन ७ /८ गतेतिर अाउनु भन्दै बाहना बनाएर दर्ता गर्न राेकेकाे पोखरा फुटवेयर बिजनेस सेन्टरका संचालक सुरज बन्जाडेले बताए ।
पोखरा फुटवेयर बिजनेस सेन्टरमा जुत्ता चप्पलको बिक्री कक्ष राखेका कम्पनीहरूले घरेलु तथा साना उधाेग कार्यालयमा दर्ता गरी राजश्व कार्यालयबाट पान नम्बरसमेत लिइसकेकाे बन्जाडेले बताएका छन ।
उता पोखरा महानगरपालिका वडा नंं ८ मा दर्ताका लागि निवेदन दिएकाेमा वडाले एउटा मात्रै कम्पनीलाई दर्ता गरेको र अन्य कम्पनीलाई दर्ता गर्नबाट रोकेकाे बुझिएकाे छ।

सोही घरमा सोही प्रकारको व्यवसाय गर्न आवश्यक कागजातसहित निवेदन दिने एउटा कम्पनीको दर्ता गर्ने र अन्य कम्पनीको दर्ता नगर्नुको कारण के हो ? संचालक सबिन कार्कीले महानगरलाई प्रश्न गरे।
पोखरा फुटवयेर बिजनेस सेन्टर महानगरमा दर्ता नभएकाे सूचना आएकाेले साेहि आधारमा शाेरूम बन्द गराइएको पोखरा महानगरपालिकाका प्रवक्ता माेति तिमल्सिनाले बताए। नियमअनुसार दर्ता गरेपछि तुरून्तै व्यवसाय संचालन गर्न अनुमति दिनेछाै प्रवक्ता तिमल्सिनाले भने । व्यवसाय सञ्चालन भएको घरका घरधनी वीरेन्द्र गुरुङको घर निर्माण सम्पन्नको कागजात समेत नभएकाे महानगरकाे दावी छ।
१० वटा कम्पनीको संयुक्त लगानीमा खुलेकाे उक्त शोरुममा शिखर सुज, सु-ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता चप्पल बिक्रीका लागि राखिएको थियो ।