
काठमाडौं, १० साउन । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तानबीच सीधा हवाई सेवा सञ्चालनको पहल गरिदिन नेपालका लागि पाकिस्तानी राजदूतलाई आग्रह गरेको छ ।
चेम्बरको टोलीले नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हाशमीलाई दुई मुलुकबीचको व्यापार सहजीकरण एवं पर्यटकीय गतिविधी वृद्धि गर्नका लागि सीधा हवाई सम्पर्क सञ्चालनका लागि पहल गर्न आग्रह गरेको हो ।
जमलस्थित चेम्बर भवनमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदानप्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्ने बताए।
हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हामीसँग आग्रह गरे। “नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ, सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी वढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन”, अध्यक्ष मल्लले भने।
अध्यक्ष मल्लले निजी क्षेत्रबीचको सहकार्यमार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको बताए । पाकिस्ताबाट नेपालले अहिले औषधि, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पललगायतका वस्तु आयत गरेको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैँची, आँखाको लेन्स, उनी धागोलगायतका वस्तु निर्यात गर्दै आएको छ ।
काठमाडौँ कराँचीबीच सीधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ थियो । पाकिस्तानबाट वार्षिक औषत चार हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् । भेटमा नेपालका लागि पाकिस्तानी राजदूत हाशमीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताउनुभयो ।
नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्ने उनको भनाइ थियो । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत हासमीले बताए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




