लघुवित्त विरुद्धकाे गुनासाे दर्ता गराउन राष्ट्र बैंककाे आग्रह

-



     सफल आवाज    
     श्रावण ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले लघुवित्तको सेवासम्बन्धी गुनासोहरु भएमा त्यस्ता गुनासाहरु बैंकमा दर्ता गराउन सूचनामार्फत आग्रह गरेको छ। राष्ट्र बैंकले लघुवित्त कम्पनीहरु विरुद्ध ऋणीहरुको आन्दोलन चलिरहेकाे बेलामा यस्ताे सूचना जारी गरेकाे हाे ।

बैंकले जारी गरेकाेमा सूचनामा लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाइको लागि राष्ट्र बैंकले अलगै गुनासो सुनुवाई डेस्क स्थापना गरी गुनासो सम्बाेधन गर्दै आएकाे जानकारी गराएकाे छ।

लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन पालना नगरेको, तोकेभन्दा बढी ब्याज वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगबाट सम्पत्ति लिलामी गरेको तथा उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायतका अन्य जुनसुकै गुनासो भए पनि राष्ट्र बैंकमा दर्ता गराउन आग्रह गरिएकाे छ ।

राष्ट्र बैंकले पैसा तिर्न नपर्ने टाेल फ्रि नम्बर १८१०५ ००००२२ र अनलाइन पोर्टल gunaso.nrb.org.np बाट र इमेल gunaso@nrb.org.np मार्फत पनि गुनासो दर्ता गर्न सकिने जनाएको छ। साथै राष्ट्र बैंकको कार्यलयमानै गएर गुनासाेकाे निवेदन दर्ता गर्न सकिनेछ ।

यतिबेला लघुवित्त वित्तीय संस्थाका ऋणीहरुले माइतिघर मण्डलामा अन्दोलन गरिरहेका छन्। राष्ट्र बैंकले साेहि कुरालाइ धेयान दिदै उनीहरुलाइ समस्याका बारेमा गुनासाे गर्न सूचना जारी गरेकाे हाे।