सिटिजन्स बैंककाे नाफामा बृद्धि, वितरणयोग्य मुनाफा कति ?

-



     सफल आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित


काठमाडौं, १२ साउन। सिटिजन्स बैंककाे नाफामा बृद्धि भएकाे छ । बैंकले प्रकाशित गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुशार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकाे भन्दा केहि बढेको हाे ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंककाे नाफा रुपैयाँ २ अर्ब २१ करोड ४४ लाख रहेकाे छ। जा अघिल्लो वर्षको सोही समयकाेभन्दा १०.४१ प्रतिशत बढी देखिन्छ। गएकाे वर्ष सोही अवधिमा बैंककाे नाफा २ अर्ब ५६ लाख थियाे। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएकाे बृद्धिपछि बैंकको खुद नाफा बढेकाे हो।

बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेकाे छ । खुद फि र कमिशन आम्दानी ०.८९ प्रतिशतले, कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशतले र सञ्चालन मुनाफा १३.४२ प्रतिशतले बढेको पाइएकाे छ। बैंकको वितरणयोग्य मुनाफा रुपैयाँ १ अर्ब ३ करोड ७२ लाख रहेको छ।

बैंकको एपिएस पनि बढेको छ। याे आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा कायम भएकाे छ। बैंकको मूल्य आम्दानी रेसियाे ११.१ प्रतिशत र नेटवर्थ १५० रुपैयाँ ८ पैसा छ। निष्क्रिय कर्जा बढेकाे छ । याे २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत भएकाे छ।

बैंकको चुक्ता पूँजी रुपैयाँ १४ अर्ब २० करोड रहेकाे छ । यसकाे जगेडा कोषमा रुपैयाँ ७ अर्ब ११ करोड २० रहकाे छ । बैंकले रुपैयाँ १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे देखिन्छ भने कर्जा प्रवाह रुपैयाँ १ खर्ब ४० अर्ब ४० करोड रहेकाे छ ।