कृषि विकास बैंकले कर्जा ग्राहकलाई थप्याे ब्याज छुटकाे समय

-



     सफल आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ साउन । कृषि विकास बैंकले कर्जा ग्राहकलाई ब्याज छुटकाे समय साउन १५ गतेसम्म थप गरेकाे छ। बैंकवाट कर्जा लिई कारोवार गरिरहेका कर्जाका ग्राहकहरुलाई असार मसान्तसम्म बैंकलाई बुझाउनु पर्ने सम्र्पुण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट दिने व्यवस्था गरेकोमा सो सुविधालाई थप गरी श्रावण १५ गते सम्म दिने व्यवस्था गरेको हाे ।

नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकवाट कर्जा लिई कारोवार गरिरहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा ग्राहीहरुलाई व्याज वुझाउन कठीनाई परेको यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधावाट बैंकका कर्जा ग्राहकहरुले राहत महसुस गरुन भन्ने अभिप्रायले बैंकले यो प्याकेजको दिएकोे बताएको छ ।

विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोवास गर्ने र कृषि पेशामा आवद्ध कर्जा ग्राहकहरुमा बैंकको कर्जा वढी लगानी रहेकोले यस सेवावाट बैंकका त्यस्ता खालका ग्राहकहरुले वढी लाभ लिने सक्ने बैककाे अपेक्षा छ ।