
काठमाडौं, १५ साउन। विद्युत उत्पादन कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिएकामध्येबाट ६ जना सर्ट लिस्टमा परेका छन। जेठ ११ गते प्रकाशित विज्ञापन अनुसार सीईओ पदका लागि आवेदन दिने १३ जना मध्ये ६ जना सर्ट लिस्टमा परेका हुन्।
सर्ट लिस्टमा पर्नेहरूमा छविराज पोख्रेल, देवेन्द्र केसी, नरेन्द्र सिंह भण्डारी, बखत बहादुर शाही, रण बहादुर थापा र राजु श्रेष्ठ रहेका छन्।
पोख्रेलले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ठ डेभलपमेन्ट कम्पनी लिमिटेडमा सीईओ भएर काम गरिसकेका छन्। भण्डारी ऊर्जा मन्त्रालयका पुर्व कर्मचारी हुन्। उनीसंग विद्युत विकास विभाग, पञ्चेश्वर आयोजनामा प्रमुख भएर काम गरिसकेकाे अनुभब छ ।
त्यस्तै शाहीसँग निलगिरी हाइड्रोपावरमा काम गरेको अनुभव छ। केसी नेपाल पूर्वाधार निर्माण कम्पनीका सीईओ हुन्। थापा र श्रेष्ठ पूर्वाधार क्षेत्रमा अनुभवी मानिन्छन्।
सर्ट लिस्टमा परेकाहरुको भाेलि मंगलबार व्यवसायिक रणनीति तथा कार्ययोजनाकाे प्रस्तुती र बुधबार अन्तर्वाता हुनेछ। अन्तर्वातापछि छनाैट हुने १ जना विद्युत उत्पादन कम्पनी लिमिटेडको सीईओ नियुक्त हुने बताइएकाे छ।
