ङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा

-



     सफल आवाज    
     श्रावण १५ गते २०८० मा प्रकाशित


FILE PHOTO: Lebanon's Central Bank Governor Riad Salameh speaks during a news conference at Central Bank in Beirut, Lebanon, November 11, 2019. REUTERS/Mohamed Azakir//

बेरुत, १५ साउन । सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिने भएका छन् । लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ ।

यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ सरकारद्वारा शासन रहेको गभर्नरको अर्को शक्ति शून्यता सिर्जना भएको छ । करिब ३० वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सलामेह लेबनानी राजनीतिक अभिजात्य वर्गका प्रमुख व्यक्तित्व हुन। उनलाई देशको आर्थिक मन्दीका लागि मुख्यरूपमा दोषी ठह¥याइएको छ, जसले मुद्राको अवमूल्यन हुनुका साथै गरिबीको दर बढेको देखेको छ ।

आफ्नो विरासतको बचाउ गर्दै सलामेहले केही दिनअघि एक स्थानीय प्रसारकलाई आफूलाई सङ्कटका लागि ‘बलिको बोका’ बनाइएको बताएका थिए । लेबनानको बाँकी राजनीतिक वर्गले उनलाई ‘धेरै पहिले’ त्यागेको आरोप लगाएका थिए ।

लेबनानको कानुनअनुसार सलामेहको ठाउँमा केन्द्रीय बैंकका पहिलो उप गभर्नर वासिम मन्सुरीले बार्यबाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ । तर, यसै महिनाको सुरुमा चारै जना उपराज्यपालले राजीनामा दिने चेतावनी दिएका थिए । मन्सुरीले सोमबार पछि यो पद सम्हाल्ने वा नलिने भन्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको थियो ।

भूमध्यसागरीय सानो देश (लेवनान) विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक सङ्कटको चपेटामा परेको छ । करिब ६० लाख जनसङ्ख्या भएको लेबनानको राजनीति अत्यन्त जटिल छ किनभने १८ वटा मुस्लिम र इसाई सम्प्रदायलाई मान्यता दिने स्वीकारोक्ति प्रणालीअन्तर्गत शक्ति बाँडफाँड गरिएको छ ।

लेबनानमा एक वर्षभन्दा बढी समयदेखि सीमित अधिकारसहितको कामचलाउ सरकारले शासन गर्दै आएको छ र नौ महिनादेखि राष्ट्रपतिविहीन छ ।