
काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएकाे छ । यसपटक ग्यासकाे मूल्य भने घटाएकाे छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साे मूल्य कायम गरेकाे जनाएकाे छ ।
निगमले पेट्रोलमा ९ रूपैयाँ बढाएकाे छ । डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रूपैयाँ बढाएको छ । ग्याँसमा भने प्रति सिलिण्डर १३० रुपैयाँ घटाएकाे निगमले जनाएकाे छ ।
नेपाल आयल निगमलाई भारतीय आयल निगमले पठाएकाे नयाँ मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर ८.१४ रूपैयाँ र डिजेलमा ६.८६ रुपैयाँ बढाएर पठाएकाे थियो । भारतले पठाएकाे साे मूल्यमा निगमले मूल्य अभिवृद्धि कर राखेर भाउ बढाएको हो ।
भारतले खाना पकाउने ग्यासको मूल्यमा प्रति सिलिन्डर ११७.६२ ले घटाएर पठाएकाे थियाे। निगमले ग्यासमा यसअघिकाे बजार भाउमा प्रतिसिलिन्डर १३० रूपैयाँले घटाएकाे छ । अब ग्यासकाे खुद्रा बिक्री १६६० रुपैयाँमा हुनेछ ।
निगमका अनुसार हवाई इन्धनको मूल्यमा परिवर्तन गरिएकाे छैन । नेपाल निगमले १५ दिन अघि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियाे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




