नेशनल हाइड्रोपावरकाे हकप्रद सेयर भर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ साउन । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर भर्नका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीलेले असार २९ गतेदेखि हाल कायम र रहेकाे चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेको थियाे ।

कम्पनीका अनुसार १० कित्ता बराबर नयाँ ५ कित्ता सेयर खुलाइएकाे हाे । यसमा ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता रहेकाे छ।

सेयर निष्काशन प्रयोजनका लागि असार १ गते बुकक्लोज गरिएकाेले जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार सेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

सेयरमा लगानीका लागि इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। यस्तै सेबाेनबाट अनुमति पाएका सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट तथा मेरो शेयर अनलाइनबाट सेयर भर्न सकिनेछ ।

१ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा चुक्ता पूँजी रहेको कम्पनीकाे हकप्रद सेयर बिक्रीपछि साे रकम २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा पुग्ने भएकाे छ।

कम्पनीले ७.५ मेगावाटको ईन्द्रावती ३ जलविद्युत आयोजनाबाट २०५९ असार २१ गतेदेखि विद्युत उत्पादन गरिरहेकाे छ । आएको छ। ४.५ मेगावाटको तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेकाे छ भने भोजपुरमा १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माणमा सेयर रहेकाे छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ।