कर्णाली डेभलपमेन्ट बैंककाे नाफामा सुधार, इपिएस कति ?

-



     सफल आवाज    
     श्रावण १८ गते २०८० मा प्रकाशित


काठमाडौं, १८ साउन । कर्णाली डेभलपमेन्ट बैंकले नाफामा सुधार भएकाे जनाएकाे छ । बैंकले प्रकाशित गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफामा सुधार देखिएकाे हाे । अघिल्लो आर्थिक वर्षमा बैंककाे अवश्था ऋणात्मक थियाे ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा रुपैयाँ ४ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ करोड ७९ लाख रुपैयाँ रहेको थियो। बैंककाे खुद ब्याज आम्दानीमा बृद्धि भएपछि खुद नाफा धनात्मक भएकाे हाे ।

यस अवधिमा खुद ब्याज आम्दानी ८२.४५ प्रतिशतले बढेको पाइएकाे छ । खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत घटेको छ। कुल सञ्चालन आम्दानी ६७.८६ प्रतिशतले बढेको छ भने वितरण योग्य मुनाफा रुपैयाँ ४ करोड ९३ लाख रहेको छ।

बैंकको एपिएस पनि बढेकाे छ । याे बढेर ८ रपैयाँ ८१ पैसा पुगेकाे छ। अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ५४ पैसा रहेकाे थियाे ।मूल्य आम्दानी रेसियाे ४४.५ गुणा हुँदा नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी रुपैयाँ ५० करोड २८ लाख रहेकाे छ । जगेडा कोषमा रुपैयाँ १० करोड २७ लाख रहेकाे छ। निक्षेप २.८५ प्रतिशतले बढेको छ । उता कर्जा लगानीमा भने ३.३४ प्रतिशतले पाइएकाे छ।