
काठमाडौं, १९ साउन । सानिमा बैंककाे नाफामा बृद्धि भएकाे छ । बैंकले प्रकाशित गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको हाे।
बैंकले कमाएकाे यो नाफा गत आर्थिक वर्षको सोही समयकाे भन्दा २५.१३ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा बैंकले रुपैयाँ २ अर्ब ९ करोड ३१ लाख खुद मुनाफा गरेकाे थियाे ।
बैंकको वितरण योग्य मुनाफा २ अर्बमाथि अर्थात २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। इपीएस आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेकाे छ । बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत देखिन्छ ।
बैंकको प्रकाशित वित्तीय विवरणका अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि हुन सहयाेग पुगेकाे हाे । खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेको छ । खुद फि र कमिशन आम्दानी ८.११ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी २६.७७ प्रतिशत रहेकाे छ भने सञ्चालन मुनाफा २७.९६ प्रतिशतले बढेको छ।
इपीएस आम्दानी २ रुपैयाँ ५४ पैसाबाट बढेर २१ रुपैयाँ २ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे १२.३९ गुणा छ भने नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा छ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ रहेकाे छ । निक्षेप ११.५१ प्रतिशतले बढेको देखिन्छ । बैंकको कर्जा लगानी ६.५० प्रतिशतले बढेको छ।