
पाेखरा १९ साउन। कास्कीकाे हेम्जामा केन्द्रीय कार्यालय रहेकाे एनएमबि लघुवित्त बित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा राेजगारीका लागि आवेदन माग गरेकाे छ।
एनएमबि बैंकको सहायक कम्पनीका रूपमा रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस बित्तीय संस्थाले ब्यबस्थापन प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थीकाे पदमा आजकाे राजधानी दैनिकमा बिज्ञापन प्रकाशित गर्दै आवेदन मागेकाे हाे।
संस्थाले ति पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्ने बताएकाे छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन समेत आह्वान गरेकाे छ।
बित्तीय संस्थाको वेभसाइट www.nmbmicrofinance.com मा गई अनलाइन फारममा विवरणहरु भरी आवेदन पठाउन सकिने बित्तीय संस्थाले जनाएकाे छ। छनाैट भएका उमेद्वारकाे तलब तथा अन्य सुविधा बित्तीय संस्थाको नियमानुसार आकर्षक हुने बताइएकाे छ। हेर्नाेस बिज्ञापन :
