कालिका लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको आवश्यकता

-



     सफल आवाज    
     श्रावण १९ गते २०८० मा प्रकाशित


काठमाडाैं, १९ साउन । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा आवश्यकता खुलाएकाे छ।

नेपाल राष्ट्र बैंकबाट “घ”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले यही साउन १८ गतेकाे काराेबार दैनिकमा प्रमुख कार्यकारी अधिकृतको आवश्यकता बिज्ञापन प्रकाशित गर्दै ताेकिएकाे योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट निवेदन माग गरेकाे हाे।

निबेदनकाे साथमा पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्रका प्रतिलिपी सहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा ईमेल मार्फत दरखास्त पेश गर्नुपर्ने वित्तीय संस्थाकाे सुचनामा जनाएकाे छ । (यस्ताे छ सूचना )