सिद्धार्थ बैंकको नाफा बढ्दा खराब कर्जा समेत बढ्याे

-



     सफल आवाज    
     श्रावण १९ गते २०८० मा प्रकाशित



काठमाडौ, १९ साउन। सिद्धार्थ बैंक लिमिटेडले खुदा नाफा तुलनात्मक रूपमा बढाएको छ। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दै मुनाफा ३ अर्ब १९ करोड पुगेको जनाएको छ।

बैंकको खराब कर्जा वृद्धी हुदाहुदै पनि नाफामा थप सुधार देखिएको बताइएकाे छ। बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १७ करोड रहेकाे छ। याे २४ प्रतिशतले बढेको हाे।

हाल बैंककाे कर्जा १ खर्ब ८४ अर्ब पुगेकाे छ । निक्षेप १६.७६ प्रतिशतले बृद्दी भइ २ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा भने २.०१ प्रतिशत पुगेको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख गरिएकाे छ ।