नेपाल फाइनान्सको खुद नाफा र इपीएस दुबै घट्याे

-



     सफल आवाज    
     श्रावण २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० साउन । नेपाल फाइनान्सकाे खुद नाफा र इपीएस दुबै घटेकाे छ । फाइनान्सकाे सार्वजनिक गरिएकाे गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणका अनुसार फाइनान्सको खुद नाफा र इपीएस अर्थात प्रतिशेयर आम्दानी दुबै घटेकाे छ।

गएकाे असार मसान्तसम्म फाइनान्सकाे नाफा रुपैयाँ २ करोड ५६ लाख रहेकाे छ। यो नाफा अघिल्लो वर्षको सोही समयकाेभन्दा ४७.१३ प्रतिशतले कम देखिएकाे छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले रुपैयाँ ४ करोड ८५ लाख खुद नाफा गरेकाे थियो। ब्याजकाे आम्दानी बढेकाे भएपनि फाइनान्सको नाफा घटेकाे छ ।

फाइनान्सको खुद ब्याज आम्दानी १८.४२ प्रतिशतले बढेको छ । खुद फि र कमिशन आम्दानी १८.०१ प्रतिशतले घटकाे छ। कुल सञ्चालन आम्दानी ०.२२ प्रतिशतले घट्दा सञ्चालन मुनाफा ५१.२९ प्रतिशतले घटेको छ। निष्क्रिय कर्जा १४.०७ प्रतिशतबाट १२.१६ प्रतिशत कायम भएकाे छ। यस अवधभिमा फाइनान्सको वितरणयोग्य मुनाफा रुपैयाँ २१ करोड ३ लाख ऋणात्मक छ।

फाइनान्सको एपीएस ३ रुपैयाँ १७ पैसा घटेर ३ रुपैयाँ ५३ पैसा कायम भएकाे छ । मूल्य आम्दानी रेसियाे ९९.४३ गुणा र नेटवर्थ १३७ रुपैयाँ ४ पैसा छ।

फाइनान्सको चुक्ता पूँजी रुपैयाँ ७२ करोड ७५ लाख रुपैयाँ रहेको छ । यसकाे जगेडा कोषमा रुपैयाँ २६ करोड ९४ लाख रहेकार्रे छ । निक्षेपङ्गँ १२.१५ प्रतिशतददले बृद्धि भएकाे छ । कर्जामा ३२.०७ प्रतिशत बृद्धि भएकाे छ।