
काठमाडौं, २१ साउन । ग्लोबल आइएमई बैंकले ७ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ। बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार नाफा कमाएको हाे।
बैंकले कमाएकाे नाफा गत वर्षकाे साेहि अवधिकाेभन्दा ४६.२६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख खुद नाफा आर्जन गर्न सफल भएकाे थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे ।
बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशतले, खुद फि र कमिशन २२.४८ प्रतिशतले बढेको छ। यस्तै कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशतले र सञ्चालन नाफा ४४.२६ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा रुपैयाँ २ अर्ब ९५ करोड ६९ लाख रहेको छ । जसकाे लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ।
बैंकको इपीएस भने घटेकाे छ । याे आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ८.९६ गुणा छ । नेटवर्थ १६४ रुपैयाँ ५ पैसा छ।
बैंकको चुक्ता पूँजी रुपैयाँ ३५ अर्ब ७७ करोड १० लाख रहेकाे छ । जगेडा कोषमा रुपैयाँ २२ अर्ब ९१ करोड १६ लाख रहेकाे छ । निक्षेप ५३.९३ प्रतिशत बढेको छ । बैंकको कर्जा लगानी ३८.०९ प्रतिशतले बढेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




