प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने सबै उडान प्रभावित

-



     सफल आवाज    
     श्रावण २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ साउन। मौसमकाे प्रतिकूलताले गर्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने आन्तरिक र बाह्य उडानहरू प्रभावित भएका छन्।

आन्तरिक तर्फका उडान अहिले बिहान समयमा हुन नसकेपछि आजका १०७ वटा उडान तालिका प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। त्यस्तै आज अन्तर्राष्ट्रियतर्फ कुल ४५ वटा उडान तय भएका छन। यि उडान समेत प्रभावित हुने देखिन्छ ।

विमानस्थल स्राेतका अनुसार आन्तरिकतर्फ बिहानका कुनै उडान हुन सकेको छैन। पोखरा, नेपालगंज, भरतपुर, विराटनगर लगायत गन्तव्यका उडान प्रभावित भएको छ। बोर्डिङ गरेका यात्रु बिमानस्थल टर्मिनलमा प्रतीक्षारत छन ।

अवतरण गर्नुपर्ने केहि अन्तर्राष्ट्रिय उडानहरू समेत अाकाशमै हाेल्ड भएका छन भने बिदेश उडान भर्न तयार भएका बिमानहरू एयरपाेर्टमै छन।