आँखा पाक्ने रोगको संक्रमण बढेपछि पोखराका सामुदायिक, संस्थागत र मन्टेसरीमा ३ दिन बिदा

-



     सफल आवाज    
     श्रावण २३ गते २०८० मा प्रकाशित


पोखरा, २३ साउन । पोखरा महानगरपालिकाले पोखरामा आँखा पाक्ने रोगको संक्रमण बढेको र त्यसको प्रत्यक्ष प्रभाव विद्यालयका विद्यार्थीहरुमा देखिएकोले तीन दिन विद्यालय बन्द गर्न सूचना जारी गरेको छ ।

महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले मंगलबार एक सूचना जारी गरेर पोखरा महानगरपालिकास्थित सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत तथा मन्टेसरी स्कूलहरुमा साउन २४, २५ र २६ गते विदा दिन अनुरोध गरेका छन् ।

आँखा पाक्ने रोग आफैंमा संक्रमित रोग भएकोले संक्रमणको चक्रलाई रोक्नको लागि महानगरको संयोजकत्वमा बसेको सरोकारवालाहरुको वैठकले महानगरपालिका अन्तरगतका सबै सामुदायिक, संस्थागत र मन्टेसरी स्कूलहरुमा वर्षे/हिउँदे/स्थानीय बिदा कट्टा हुनेगरी ३ दिन बिदा दिने निर्णय गरेको हो ।

महानगरपालिकाले विद्यार्थीलाई घरमा सुरक्षित तरिकाले बस्न लगाउने र अभिभावकलाई संक्रमणबाट बच्नका लागि सूचनामूलक सन्देश संप्रेशण गर्न आग्रह गरेको छ ।